सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक

रौतहट, २२ बैशाख  । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ ।

करिब चौकदेखि पश्चिमपट्टि रहेको यो सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो ।

सामाजिक सन्जालमार्फत सार्वजनिक भएको दृश्यमा एक युवकलाई यातना दिएर पिटेको देखिन्छ ।  यस्तो अमानवीय व्यवहार गर्ने अधिकार कसले दिएको भन्दै घटनाको आलोचना भइरहेकेा छ ।  साथै कानुनी कारबाही अगाडि बढाउन पनि आग्रह गरेका छन् ।

सुधार केन्द्रको गौर नगरपालिका नगरप्रमुख शम्भु साहले उद्घाटन गरेका थिए, त्यहाँ भर्ती भएका व्यक्तिहरूलाई यातना दिइएको दृश्यले सामाजिक सन्जालमा चर्को आलोचना भइरहेको हाे । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले घटनाको यथार्थ विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए ।  घटना भए/नभएको बुझेपछि मात्र थाहा हुने भन्दै यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनले उल्लेख गरेका छन् ।

आफूले पनि सामाजिक सन्जालमा नै देखेकाले वास्तविकता के हो ? अनुसन्धान गरेपछि थाहा हुने उनले जानकारी दिए । यस घटनालाई जिल्ला प्रहरी कार्यालय रौतहट गम्भीर रूपमा लिँदै अनुसन्धान थालेको छ।

घटनापछि सुधार केन्द्रका सञ्चालकलाई अहिले जिल्ला प्रहरी कार्यालय गौरमा बोलाएर अनुसन्धान गर्ने काम भइरहेको रौतहट प्रहरीको प्रवक्ता एवं जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए। अनुसन्धानपछि भिडिओको वास्तविकता पत्ता लाग्ने र त्यसपछि कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी नायव उपरीक्षक रायले बताए।

उनले घटनाबारे अहिले वास्तविकता बुझिरहेको र अनुसन्धान भएपछि मात्र कसले र किन ती व्यक्तिलाई कुटेको हो भनी कुरा खुल्ने  बताए। सुधार केन्द्रमा भर्ती भएका किशोरलाई निर्मम तरिकाले कुटपिट गर्ने तथा चरम यातना दिने व्यक्तिहरूलाई कडा कार्यवाही गरिने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖