धनकुटा र उदयपुरमा सवारी दुर्घटना, ४ जनाको मृत्यु १२ घाईते

विराटनगर, वैशाख २३ गते । धनकुटा र उदयपुरको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।

वैशाख २२ गते बिहान सवा १० बजे धनकुटाको धनकुटा नगरपालिका-६ स्थित कोशी लोकमार्गमा धरानबाट भोजपुर तर्फ जादै गरेको को. १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित १४ जना यात्रीहरु घाईते भएका थिए ।

घटना स्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटी घाईतेहरुलाई उद्दार गरी उपचारको लागी बिभिन्न अस्पताल पठाएकोमा उपचारको क्रममा बसका चालक सुनसरी धरान उप-महानगरपालिका-१३ का ५१ बर्षीय रुद्र तामाङ र यात्री भोजपुर षडानन्द नगरपालिका-१३ का ५८ बर्षीय लिला बहादुर श्रेष्ठको उपचारको क्रममा धरान घोपामा र धनकुटा नगरपालिका-६ की ७३ बर्षीया कृष्ण कुमारी राई भुजेलको जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको थियो ।

बसमा सवार रहेका अन्य ११ जना यात्रीहरुको धरान घोपामा उपचार भईरहेको छ । सोही दिन अपरान्ह पौने ४ बजे खोटाङबाट इटहरी तर्फ जन्ती बोकेर आउदै गरेको को.१ख ४७२१ नम्बरको बस उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बर्षेडाडा स्थित मदन भण्डारी लोकमार्गमा रोकेको अवस्थामा बसमा रहेका जन्ती हलेसी तुवाचुङ नगरपालिका-४ की ४० बर्षीया गिता परियार र सुनसरी इटहरी-२० का २३ बर्षीय युजन राई ओर्लिएर सडक पार गर्ने क्रममा ना.३त ८१० नम्वरको ट्याक्टरले ठक्कर दिदा घाईते भएकी परियाको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको हो भने राईको बिराटनगर न्युरो अस्पतामा उपचार भईरहेको छ ।

दुर्घटनामा संलग्न ट्याक्टर चालक उदयपुर चौदण्डिगढी-४ का ३० बर्षीय विजय बि.क. र बस चालक उदयपुर ताप्ली गाउँपालिका-४ का ३६ बर्षीय पुरुषोत्तम पोखरेललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।