सार्बजनिक शौचालय नहुंदा सयौंलाई समस्या तर ऐलानी जग्गामा ब्यक्तिको भोग चलन

सञ्जय मिश्रा /रौतहट, २३ बैशाख। रौतहटको चर्चित बजार कटहरियामा सार्वजनिक शौचालयको व्यवस्थापन नहुँदा सैयौं मानिसलाई सास्ती भोग्नु परेको छ।

 

बजारको दक्षिणतर्फ अव्यवस्थित सार्वजनिक शौचालयबाट बजारका ब्यापारी तथा किनमेल गर्न आउने मानिसको जेनतेन काम चले पनि बजारको उतरतर्फ कठिनाई भएको हो।

बजारको उतरतर्फ नेपाल बैंक लिमिटेड, प्रहरी थाना छेउ सुनार चौकमा सार्वजनिक शौचालय नहुँदा स्थानिय ब्यापारीसँगै प्रहरी कार्यालय र बैंकमा आउने सेवाग्राहीलाई ठूलो शास्ती भोग्नु परेको छ।

 

सुनार चौकमा बैंक, प्रहरी थाना, झण्डै एकदर्जन सुनचाँदीपसल संगै अन्य गरी दुई दर्जन पसल सञ्चालनमा रहेको छ । बजार क्षेत्रको अधिकांस पसलहरुमा शौचालय सुबिधा उपलब्ध छैन।

हप्ताको दुईपटक आईतवार बुधवार लाग्ने हाट बजारमा प्रहरी, बैंकसँग सम्बन्धित सेवाग्राहीका साथै सैयौं महिला पुरुष किनमेल गर्न आउने गर्दछन्।

 

सो समयमा दिशा पिसाब लागेमा पुरुष सेवाग्राही अथवा पसलेहरु झण्डै ७०० मीटर टाढा सौच गर्न जानुपर्ने बाध्यता रहेको सुन चाँदी ब्यवसायी निरज ईन्टप्राईजेजका सञ्चालक जयमंगल साहले बताएका छन्। 

जारको भीडमा ग्राहककै भरमा पसल छोडेर शौंच गर्न जानुपर्दा पसलको सामान हिनामिना हुने जोखिम रहेको ब्यापारी साहले न्युज कारखानासँग गुनासो गरेका छन्।

 

त्यसैगरी महिला सेवाग्राहीहरु सौच गर्न कसैको पारिवारिक घरमा अथवा बाँसघारी झ्याङमा जानुपर्ने बाध्यता रहेको अर्का ब्यापारी राधेश्याम साहले बताएका छन्।

सुनार चौकमै बाटो छेउमा रहेको १० लाख रुपैयाँ भन्दा बढी मूल्याङ्कनको करीब दुईधुर एलानी जग्गामा ब्यक्तिले धारा ( ट्युवेल) जडान गरी लामो समय देखि भोगचलन गर्दै आएका छन्।

तर, कटहरिया नगरपालिकामा एकजना मेयर सियाराम कुशवाहाको कार्यकाल पूरा भएको तथा बर्तमान मेयर अजय प्रकाश जैसवालको कार्यकालको तेस्रो बर्ष बिति रहँदा बजारको उतरीचौकमा सार्वजनिक शौचालय बनाउनतर्फ ध्यान भएको छैन।

त्यसैगरी, कटहरीया- ५ बजारका वडा अध्यक्ष सर्फलाल गुप्ताको यो दोस्रो कार्यकाल चलिरहेको छ। नेपाली काँग्रेस क्षेत्र- ३ का सभापती समेत रहेका वडा अध्यक्ष गुप्ता बार्षिक वडाको सिलिङसँगै मधेश प्रदेश सरकारबाट करोडौँको योजना ल्याएर बढी नाफा हुने जनसरोकार नभएको स्थानमा काम गर्ने गरेका छन्।

तर, सैयौं मानिसको प्रत्यक्ष समस्या रहेको सार्वजनिक शौचालय निर्माण तथा भएको शौचालय व्यवस्थापन तर्फ वडा अध्यक्ष गुप्ताको कहिलै ध्यान नगएको वडाबासिले गुनासो गरेका छन्।

मेयर अजयप्रकाश जैसवालले उक्त स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न योजना स्वीकृत भईसकेको बताउँदै यसै आर्थिक वर्षभित्र निर्माण हुने प्रतिबद्धता जनाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।