तस्करलाई पछयाउँदा तीन मोटरसाईकल ठोक्किए, एक गम्भिर

सञ्जय मिश्रा /रौतहट २४,बैशाख। रौतहटको कटहरिया नगरपालिका ४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरीले किराना सामान बोकेको एकजना तस्कर लाई पछ्याउँदै गर्दा ३ वटा मोटरसाईकल जुधेर ठूलो दुर्घटना भएको छ।

बुधवार अपरान्ह साढे तीनबजेको समय दुईवटा बोरामा किराना सामान बोकेका  ग ४प ४०७३ नम्बरको मोटरसाईकल हेरेर पुलको पश्चिम तर्फ बसेको सशस्त्र प्रहरीको गस्ती टोलीले रोक्न खोजेको थियो।

तर सामान बोकेको मोटरसाईकल चालकले तुफान कुदाएर कटहरिया बजार तर्फ भागिरहेको थियो। सोही सामान बोकेको मोटरसाईकल रोक्न बा ८४ प ७३८३ को मोटरसाईकलमा दुईजना सशस्त्र प्रहरी चढेर पछ्याउँदै गर्दा नदीको पुल भन्दा करिब दुईसय मीटर पूर्वपटी बजारबाट किनमेल गरेर फर्किँदै गरेको भारतीय नम्बर विआर ३०० ७९३६  नम्बरको मोटरसाईकलसँग जुधेको प्रत्यक्षदर्शीले बताएका छन्।

तीनवटै मोटरसाईकल तीव्रगतिमा रहेको कारण ठूलो दुर्घटना भएको प्रत्यक्षदर्शी कटहरिया ४ का वडा सदस्य वैद्यनाथ दाशले न्युज कारखाना लाई बताएका छन्।

दुर्घटनामा परेर भारतीय नम्बर मोटरसाईकल चालक फतुवा विजयपुर ४ टेंग्राहाका ४० जिनिस साह र पछाडी बसेका ५० वर्षीय अनुठा यादवको टाउको लगायतको स्थानमा गम्भीर चोट लागेको वडा सदस्य दाशले जानकारी दिएका छन्।
 

दुर्घटना पछी गाउँ तिरबाट किनमेल गरी फर्किरहेका तथा किनमेल गर्न आउँदै गरेका मानिसहरूले दुवैजना सशस्त्र प्रहरी लाई निर्घात कुटपिट गरेका थिए। घटना लगतै ईलाका प्रहरी कार्यालय कटहरियाबाट गएका गस्ती टोलीमाथी पनी सामान्य हातपात भएको छ। आक्रोशित स्थानीयहरूले कटहरिया लालबकैया नदीको पुल भएर जानेबाटो समेत अवरोध गरेका छन्।
 

भारतीय नम्बर मोटरसाईकलमा सवार दुवैजना लाई कटहरियामा सामान्य उपचार पछि थप उपचारको लागि एम्बुलेन्समा बिरगंज रेफर गरिएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।

त्यस्तै घाईते सशस्त्र प्रहरीको स्थानिय अस्पतालमा उपचार भइरहेको तथा घटना स्थलमा अहिले ब्यापक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।