शिक्षकद्वारा विद्यार्थीमाथि यसरी निर्घात कुटपिट

मुकेश कुमार यादव / सिरहा ,२६ बैशाख । सिरहामा निजि बिद्यालयका शिक्षकको कुटाइबाट एकजना विद्यार्थी घाइते भएका छन् ।
 
जिल्लाको गोलबजार नगरपालिका ७ चोहर्वा स्थित एपेक्स विद्या मन्दिरका  शिक्षक सन्तोष गुप्ताले गरेको निर्घात कुटपिटबाट कक्षा ८ मा अध्यनरत नरहा गाउँपलिका ३ खोरीयाका सुरेश यादवका छोरा १३ वर्षीय छोरा अभिनाश यादव घाइते भएका हुन् । शिक्षक गुप्ताले मरनासन्न हुनेगरी अभिनाशलाइ कुटपीट गरेका हुन्।
 
कक्षाकोठामा पढाईरहेका शिक्षक गुप्ताले छात्र अभिनाशलाई विनाकारण अर्को कोठामा लागि रुम थुनेर बाँसको लाठिले निर्घात कुटपीट गरेको परिवारजनले जनाएको छ।
 
उनको शरिरको अधिकांश भागमा चोट लागेको छ। कुटपिटबाट घाइते भएका विद्यार्थीको अहिले गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहले जनाए।

 उनले भने, ´विद्यार्थीलाई निर्घात कुटपीट गर्ने शिक्षक सन्तोष गुप्तालाई हामिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। कुटपीटमा संलगन शिक्षकमाथि कानून बमोजिम कारवाही गरिने जनाए।´

अस्पतालले अहिले प्राम्भिक चरणको उपचार भईरहेको जनाएको छ। 
कुटपीट गर्ने शिक्षकलाई कडाभन्दा कडा कार्वाही गर्नुपर्ने माँग गर्दै विद्यार्थीका अभिभावकले शिक्षकमाथी इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको जनाइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖