असहायका छोरीको विवाहमा पत्रकार पौडेलले दिए बिहेका सामाग्री र भाेजखर्च

इन्दीप कोइराला/बारा, १ जेठ । अच्युत पौडेल पेशाले पत्रकार हुन् । प्रेस चौतारी नेपालका सचिवालय सदस्य एवम् मधेश प्रदेश इन्चार्ज समेत रहेका पौडेलले पत्रकारिता सँगै सामाजिक क्षेत्रमा समेत विगत देखिनै सक्रियता बढाउदै आएका छन् ।

 

पत्रकार पेसाले मात्र जिवनयापन गर्न मुश्कि हुने भएकाले पौडेलले पत्रकारका सँगै ओम बिनायक ट्राभल्समा तेस्रो पुस्ताका रुपमा सञ्चालन गर्दै आएका छन्, जसका कारण उनले सामाजिक भावले विपन्न र असाहयको निम्ति सेवा पनि दिइरहेका छन ।

पछिल्लो समय पौडेलले बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ नायका टोल निवासी रघुनाथ सहनी (भदई)को छोरीको विवाहका लागि भोज सामग्री सहयोग गरेका छन् । मुटु र  क्षयराेगका बिरामी एवम् आर्थिक रुपले विपन्न भदईको छोरीको बिहेका लागि पत्रकार पौडेलले करिव २ सय ५० जनालाई खान पुग्ने सामग्री र बेहुला बेहुलीको लागि पहिरनका पोशाक समेत सहयोग गरेका हुन् ।

 

बुधबार बिहान बारागढी गाउँपालिकाका राजकिशोर चौधरीको सहजीकरणमा बेहुलीको आमा असिया देवी र दाइ छोटेलाल सहनीलाई विवाहका सामग्री हस्तान्तरण गरेका हुन् ।

 

पत्रकार पौडेलले आर्थिक अभावका कारण कोही पनि छोरीको विवाह खल्लो नहोस् भन्ने उद्देश्यले आफुले सक्दो सहयोग गर्ने गरेको बताए । उनले अहिले समाजमा व्याप्त भड्किलो र खर्चिलो विवाहिक कार्यक्रमले आर्थिकरुपले विपन्न परिवारलाई निकै कष्ट हुने गरेको बताउँदै विवाहलाई सरल, सहज र दाइजोमुक्त बनाउनु पर्नेमा जोड दिए ।

 

उनले भने, ‘पेसाले म पत्रकार हुँ । संयोगवस अर्को सेवाको कार्य ट्राभल्सको लाइनमा पनि जोडिन पुगे ।’ पौडेल भने ‘म बाटो हिड्दै गर्दा धेरै अप्ठ्यारोमा परेका मानिसहरु देख्थें, जसका कारण समाजको दुःख, अप्ठ्यारो र भोकमरी देख्दा गहिरो चिन्ता र विचार उत्पन्न भएको थियो । त्यसले मलाई सोच्न बाध्य बनायो । आफ्नो समाजमा के योगदान दिन सक्छौं, यही कुराले पिरोलिरहयो,’ उनले भने, ‘सक्ने मान्छेले सामाजिक कार्यमा भाग लिन सक्नुपर्छ । सबै पैसा कमाउनमा लिप्त छौं, तर कसैले मद्दत किन गर्दैन्, समाजले हामीलाई धेरै दिएका छ, हामीले के दिन सक्यौं ?’

 

यसै कारण पौडेलले ‘विपन्न र असाहयका छोरीको विवाहमा बिहेभोजका लागि सामग्री हस्तान्तरण’ सुरु गरेका थिए । उनको उद्देश्य भनेको त्यो व्यक्ति जसको भोक मेट्ने पैसा छैन, उसलाई सहयोग गर्नु हो । भगवानलाई सधै सकेको सेवा गर्न पाउँ भनेको छु सायद त्यहीँ भएर होला आउने व्यक्तिहरूलाई सहयोग गर्न सक्ने वातावरण बनिरहेको छ ।

 

पौडेलका अनुसार, ‘हामीले सहयोग गरेका व्यक्तिहरूको संख्या निकै छ, यसले ठूलो सन्तुष्टि दिएको छ ।

 

सामग्री पाएपछि खुसी व्यक्त गर्दै बेहुलीकी आमा असिया देवीले समाजमा यस्ता मनकारी व्यक्तिको उपस्थितले हामी जस्तो असहाय पारिवारको छोरीको बिहे पनि सहज तरिकाले गर्न पाएको बताइन् ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।