संगठन प्रमुख प्रहरी महानिरीक्षकद्वारा नेपाल प्रहरी स्कुल धरानको निरीक्षण तथा आसरा सुधार केन्द्र पानवारीको अवलोकन भ्रमण

सुनसरी, जेठ ०१ गते । संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी स्कुल धरानको निरीक्षण तथा आसरा सुधार केन्द्र पानवारीको अवलोकन भ्रमण गर्नुभएको छ ।

जेठ १ गते दिउँसो निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन तथा कक्षा कोठाहरुको निरीक्षण गर्नुको साथै स्कुल परिसर भित्र बृक्षारोपण समेत गर्नु भएको थियो । निरीक्षण भ्रमण पश्चात बिद्यालयका प्रिन्सिपल र अन्य शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रिया गर्नुका साथै सौहार्दपुर्ण वातावरणमा अध्यापन गराउन र विधार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि अनुरोध गर्नु भएको थियो ।

यसैगरी वँहाले आसरा सुधार केन्द्र पानवारी धरानको अवलोकन भ्रमणको क्रममा केन्द्रको व्यवस्थापन लगायत सम्पुर्ण गतिविधिहरु र सम्पादन हुँदै आई रहेको दैनिक कार्यहरुको बारेमा जानकारी लिनु भएको थियो ।

निरीक्षण भ्रमण कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन बिभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक कृष्णहरी शर्मा पोख्रेल, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्की, नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालय विरानटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राम कुमार चौधरी लगायत सिनियर प्रहरी अधिकृतहरु तथा सुधार केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।