हुम्लामा हिमताल फुटदा कति भयो क्षति

काठमाडौं, ५ जेठ । हुम्लामा गएको हिमपहिरोबाट भएको क्षतिका बारेमा संसदमा ध्यानाकर्षण गराइएको छ ।
 
गत जेठ १ गते हुम्लाको नाम्खा गाउँपालिका–६ को तिला गाउँ लेदोसहितको पहिरोले बस्ति नै थप जोखिममा परे पछि सांसद डमरू लामा भोटेले ध्यानाकर्षण गराएका हुन् ।
 
उनका अनुसार ४७ सय मिटर माथी रहेको हिमताल जेठ १ गते बिष्फोट भएको हो । उनका अनुसार सो बिष्फोटवाट ५ काठको पुल बगाएको छ, ४–५ सय रोपनीको सिंचाई हुदैँ आएको कुलो पनि बाढीले बगाएको छ भने १५ किलोवाटको बिजुली उत्पादन केन्द्र क्षति भएको छ ।
 
‘सो हिमताल फुटे पछि १८ घर परिवारको ३२ जना अहिले खेतमा पाल टाँगेर बसेका छन, जसमा  जसमा २१ जना महिला, ९ जना पुरूष २ जना बालक रहेका छन् ।’
 
हिमताल फुटेको एक साता लागिसक्दा पनि सरकारवाट केही पहल नभएको गुनासो सांसद भोटेले गरेका छन् । उनले पीडितहरूलाई तत्काल राहात दिन र उद्दार गराउन पनि माग गरेका छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।