नक्कली नोट सहित २ जना पक्राउ

रौतहट, ६ जेठ। सर्लाहीमा प्रहरीले नक्कली नेपाली नोट सहित दुईजना युवक लाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा पर्सा गाउँपालिका ६ का रामदेव साहको २१ बर्षीय छोरा मुकेशकुमार साह र हरिपुर्वा नगरपालिका ४ डुमरियाका विकाउ पण्डितका २३ बर्षीय छोरा सरोज पण्डित कुम्हार रहेको जिल्ला प्रहरी  प्रवक्ता एवं डिएसपी सरोज राईले बताएका छन्।

पर्सा गाउँपालिका ६ स्थित हुलाकी सडकखण्डमा प्रहरी चौकी पर्साको टोलीले विआर ३० एपी ७५३९ नम्वरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा ५०० का दरका ४८ थान २४ हजार नेपाली नक्कली नोट सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

 

मोटरसाइकल चालक मुकेश साहको साथबाट उक्त नक्कली नोट बरामद भएको थियो।
मोटरसाइकलमा पछाडी बसेका कुम्हार र चालक साह माथी नक्कली नोट सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।