कोशी प्रदेश स्तरीय विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धि सिमुलेसन अभ्यास सम्पन्न

विराटनगर, जेष्ठ ०७ गते । मोरङको विराटनगर महानगरपालिका-१६ रानी स्थितमा रहेको जुटमिलको खेल मैदानमा कोशी प्रदेशस्तरीय एकिकृत कृतिम घटना अभ्यास (सेमुलेसन) सम्पन्न भएको छ । कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख अतिथ्यतामा जेठ ७ गते दिउँसो उक्त कार्यक्रमको सुभारम्भ भएको हो ।

आन्तरीक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, विराटनगरको आयोजना तथा पूर्वी पृतना हेटक्वाटर इटहरी सुनसरीको समन्वयमा भएको अभ्यासमा बिपद जोखिम न्यूनीकरण र व्यवस्थापनका लागी नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलद्दारा संयुक्त रुपमा बिपद उद्दार तथा कृतिम घटना सम्बन्धी अभ्यासहरुको प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा आन्तरीक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका माननीय मन्त्री रेवती रमण भण्डारी, प्रदेश सचिव राम प्रसाद आचार्य सहित प्रदेश स्तरीय तथा जिल्ला स्तरीय सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपालका कर्मचारीहरु, पत्रकार, स्काउटको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बिपद उद्दारको निम्ति उल्लेखनिय योगदान पुर्‍याउनुहुने महानुभावहरुलाई प्रमुख अतिथि कार्कीले प्रशंसा पत्रद्दारा सम्मान गर्नुभएको थियो । कोशी प्रदेश सरकारले प्रत्येक बर्ष विपद उद्दारमा परिचालन हुने सुरक्षा निकायहरुलाई निरन्तर रुपमा बिपद उद्दार सम्बन्धि तालिम तथा अभ्यासहरु प्रदान गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।