धनकुटाको राजारानीमा कार्यरत प्रहरी सहायक निरीक्षक पराजुली कोशी प्रदेशमा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर, जेठ ९ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय राजारानी धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर पराजुलीलाई २०८२ साल बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अस्थायी प्रहरी बिट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट प्रहरी सहायक निरीक्षक रुद्र बहादुर पराजुलीको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले बैशाख १५ गते चौबिसे गाउँपालिका-५ बोधे स्थितबाट ना. ५ ख ६१५७ नम्बरको ट्रकमा लोड भएको ९ सय ४६ किलोग्राम गाँजा (३८ बोरा) र ट्रकमा रहेका व्यक्ति समेतलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाइ उत्कृष्ट कार्य गरेको हुँदा निज प्रहरी सहायक निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖