प्रहरीलाई जग्गा उपलव्ध गराउनु हुने जग्गा दातालाई कोशी प्रदेश प्रहरी प्रमुखबाट सम्मान
मोरङ, जेष्ठ १५ गते । मोरङको रंगेली नगरपालिका-०९ स्थित इलाका प्रहरी कार्यालय दोहमनाको लागी जग्गा उपलव्ध गराउनु हुने जग्गा दातालाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले सम्मान गर्नु भएको छ ।
जेष्ठ १४ गते इलाका प्रहरी कार्यालय दोहमना परिसरमा आयोजित कार्यक्रमका विच जग्गा दाता स्थानिय सुरज कुमार यादवको श्रीमति रिंकी कुमारी यादवलाई प्रदेश प्रहरी प्रमुख कार्कीले सम्मान गर्नु भएको हो ।
उक्त कार्यक्रममा जग्गा धनी रिंकी कुमारी यादवले इलाका प्रहरी कार्यालय दोहमनाको लागि उपलव्ध गराएको रंगेली-९ स्थितमा रहेको २७९.३८ वर्ग मिटर क्षेत्रफल भएको जग्गाधनी दर्ता प्रमाण पुर्जा समेत प्रदेश प्रहरी प्रमुख कार्कीलाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटी, रंगेली नगरपालिका-०९ का वडा अध्यक्ष चुडामणी रेग्मी, स्थानिय भद्र-भलादमी, बुद्धिजिबी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


