विराटनगर महानगरद्वारा पशुपालक कृषक समूहलाई च्याप कटर वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई च्याप कटर (कुटी काट्ने मेसिन) वितरण गरेको छ ।

कृषकहरुलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा च्याप कटर वितरण गरिएको महानगरका कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए ।

कार्यक्रममा कार्यबाहक मेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, कृषि तथा पशुपंक्षी शाखा संयोजक हीरालाल यादवलगायतले कृषक समूहलाई च्याप कटर हस्तान्तरण गरेका थिए ।

महानगरपालिकामा दर्ता भएका पशुपालक कृषक समूहलाई २२ थान च्याप कटर हस्तान्तरण गरिएको संयोजक यादवले जानकारी गराए । एउटा च्याप कटरको ३३ हजार रुपैयाँ पर्दछ । विराटनगर ३, ४, ६, १२, १८, १९ लगायतका वडाका पशुपालक कृषक समूहले च्याप कटर प्राप्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।