मोरङ र झापाबाट प्रतिबन्धित औषधी र खैरो हिरोइन सहित ४ जना पक्राउ

विराटनगर,असार ०२ गते । मोरङ र झापाको विभिन्न स्थानहरुबाट प्रतिवन्धित औषधी र खैरो हिरोइन सहित ४ जनालई प्रहरीले पक्राउ गरेको छ ।

असार १ गते राती विराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङको उर्लाबारी नगपालिका-४ का ३० वर्षीय राकेश लिम्बु र २२ वर्षीय दिपेश खनाललाई खैरो हिरोइन २ ग्राम १ मिलिग्राम सहित पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ का २२ वर्षीय निजाम मियालाई १ ग्राम ४ सय ४० मिलिग्राम खैरो हिरोइन सहित र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलिले दमक-७ का १९ वर्षीय पुष्कर मगरलाई प्रतिवन्धित औषधी ६ सय २० चक्की सहित नियन्त्रणमा लिन सफल भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।