उर्लाबारीमा मातृत्व जोगाउने अभियानको शुभारम्भ

उर्लाबारी । कल्प इम्पावर वेमेन नेपालको पहल र उर्लाबारी नगरपालिकाको आयोजना साथै विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा उर्लबारी नगरपालिका भित्रका ९ वटा वडामा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले मातृत्व जोगाउने अभियान अन्तर्गत क्याम्पियन सी-क्याप अभियान सुरुवात भएको छ ।

असार १ गते उर्लाबारी ९ महाराजथानस्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र परिसरमा शुभारम्भ समारोह आयोजना गरिएको थियो भने उक्त समारोहमा मिस नेपाल २००५ सुगारिका केसीको उपस्थिति रहेको थियो । शुभारम्भ समारोहको अध्यक्षता नगर उपप्रमुख मीना खतिवडा पौडेल र प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेल रहनु भएको थियो । शिविर संचालनको पहिलो दिन वडा नम्बर ९ मा एक सय ५६ जना र दोस्रो दिन ८८ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले जनकारी गराउनु भयो साथै ९ दिन चल्ने शिविरमा एक हजार भन्दा बढी महिलाहरुको स्वास्थ्य परिक्षण गराउने उदेश्य छ।

कार्यक्रममा बोल्दै मिस नेपाल २००५ सुगारिका केसीले महिलाको स्वास्थ्य समस्या बारे महिला मात्र होइन परिवार समाज र राज्य स्वयं सजह हुनु पर्ने जिकिर गर्नु भयो त्यस्तै प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेलले पाठेघरको क्यान्सर महिलाहरुको ठूलो स्वास्थ्य समस्याका रुपमा देखिएकाले समस्या लुकाए गम्भीरता बढ्दै जाने बताउँदै नियमित जाँच गराउन आग्रह गर्नुभयो । क्यान्सर हुनुअघि नै क्यान्सरको जोखिम पहिचान गर्न सके उपचारमा सहजता हुने भन्दै नगर प्रमुख खरेलले नगरवासीको सहजताका लागि प्रत्येक वडामा निःशुल्क शिविर सञ्चालन गरिरहेको बताउनुभयो। कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, वडाध्यक्षहरु कार्यपालिका सदस्य, वडा सदस्यहरु साथै स्थानीय समुदाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उर्लाबारी नगरपालिकाकी नगर उपप्रमुख मीना खतिवडा पौडेल नेपाली महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने अभियान शी लिड्स आइकन पहिलो संस्करणकी २७ प्रेरणादायी महिला जनप्रतिनिधि मध्ये एक हुनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।