दमकबाट लागुऔषध सहित ४ जना पक्राउ

झापा, असार ७ गते । इलाका प्रहरी कार्यालय दमक झापाले असार ६ गते राती लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ ।

गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-५ स्थितमा कोठा भाडामा लिएर बस्दै आएका गौरादह नगरपालिका-४ का २४ बर्षीय अनुभव दर्नाल लगायत कारोबारमा संलग्न दमक-१ का २६ बर्षीय सुरज कुमाल, दमक-६ का २९ बर्षीय सुमन दर्जी र दमक-७ का ३४ बर्षीय बिर बहादुर पौडेललाई प्रतिबन्धित औषधि Tramadol ८०० क्याप्सुल, ८०० चक्कि Aanargan-35, खैरो हिरोईन ५ सय ५० मिलिग्राम र नगद १० हजार ५ सय रुपैया समेत बरामद गरी सबैलाई नियन्त्रणमा लिएको हो ।

लागू औषध सहित पक्राउ परेका सबै जनाको थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖