मोरङमा पौडी खेल्ने क्रममा डुवेर एक बालकको मृत्यु
विराटनगर, असार ०९ गते । मोरङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
असार ०८ गते अपरान्ह साढे ४ बजे मोरङको धनपालथान गाउँपालिका-७ का बिजय शर्माको ८ बर्षीय छोरा ऋषि शर्मा घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।


