झापाबाट परे पक्राउ यी दुई युवा-युवती, भारतबाट कारमा ठूलो परिमाणमा लागूऔषध लिएर फर्किदै थिए

झापा । भारतबाट कारमा ठूलो परिमाणमा लागूऔषध लिएर फर्किदै गरेका दुई युवायुवती झापाको भद्रपुरमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका वडा नं.२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका वडा नं. ७ बस्ने २२ वर्षीया नोजिना रानामगर रहेका छन् ।

आज दिउँसो १ः३० बजे गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर ५स्थित भन्सार चोकमा भारतबाट नेपालतर्फ आइरहेको बा. प्रदेश ०१–०३० च ७७९३ नं. को नेटा कम्पनीको ब्लु रंगको कारलाई रोकी चेकजाँच गरेको थियो ।

त्यसक्रममा चालक कुँवरले कालो प्लाष्टिकमा प्याक गरि आफू बस्ने सिटमा राखेर त्यसमाथि बसेर लुकाईछिपाई ल्याइरहेको अवस्थामा लागूऔषध ब्राउनसुगर फेला परेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖