झापाबाट गोली प्रहार गरी लागू औषध कारोवारीमा संलग्न भारतीय नागरिक पक्राउ

झापा, साउन ११ गते । झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट गोली प्रहार गरी लागू औषध कारोवारीमा संलग्न भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत किसनगंज कोल्लिकोटका ३६ बर्षीय मोहमद इस्लाम रहेका छन । साउन १० गते दिउँसो बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इस्लामको साथबाट १०७ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद गरे संगै नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै हातपात गरे पश्चात प्रहरीले २ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

वायाँ खुट्टाको घुँडा मुनि गोली लागी घाईते भएका इस्लामको प्रहरीको निग्रानीमा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖