मोरङका दुईजना तीर्थालु गोसाइँकुण्डमा स्नानगर्ने क्रममा बेपत्ता
रसुवा, साउन १२। धार्मिकस्थल गोसाइँकुण्डमा डुबेर दुईजना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा मोरङको बेलबारी ११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपाने र विराटनगरका सुजन ढकाल रहेका छन्।
हिजो दिउँसो तालमा डुबेर दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ। उनिहरु दुबै जना आफन्त हुन ।


