गोसाईंकुण्डमा मृत फेला मोरङका दुई युवकको शव खराब मौसमका कारण काठमाडौ ल्याउन सकिएन

रसुवा । रसुवास्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईंकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवाको शव फेला परेपनि लगातारको वर्षा र खराब मौसमका कारण काठमाडौँ ल्याउन सकिएको छैन।

मृतकमा मोरङको बेलबारी नगरपालिका–११ निवासी करिब २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ निवासी २६ वर्षीय सुजन ढकाल रहेका छन्। ती दुई जना आइतबार दिउँसो गोसाईंकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका थिए।खबर प्राप्त हुनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीयको सहयोगमा सोमबार बिहान करिब ११ बजे दुवै जनाको शव फेला पारेको हो।

सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, प्रतिकूल मौसम, बाक्लो हुस्सु र वर्षाका कारण हेलिकप्टर अवतरण गर्न असम्भव बनेको छ। अहिले शवहरू तीर्थयात्री बस्ने पाटीपौवामा राखिएको छ, जहाँ सुरक्षाकर्मीहरूको टोली खटिएको छ।

डीएसपी थापाले मौसममा सुधार आए लगत्तै मङ्गलवार शवलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी दिए। गोसाईंकुण्ड धार्मिक महत्त्वको स्थल भएकाले बर्सेनि हजारौँ भक्तजन त्यहाँ स्नान गर्न पुग्छन्। मौसम प्रतिकूल हुँदा जोखिम अझ बढ्ने हुँदा सुरक्षा संयन्त्र कडा बनाइएको अधिकारीहरूले बताएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।