मोरंगको केराबारीबाट प्रतिबन्धित लागु औषध सहित मेडिकल संञ्चालक पक्राउ
मोरंग । प्रतिबन्धित लागु औषध कारोबार अभियोगमा केराबारी ७ दाहाल चोकबाट एकजना मेडिकल संञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागु औषध कारोबार तथा विक्री वितरण गर्ने गरेको विशेष सूचनाको आधारमा नेपाल प्रहरीको अनुसन्धान व्युरो टोलीले मुगु मेडिकलका संञ्चालक विशाल दाहाललाई मेडिकल पसलबाटै पक्राउ गरेको हो ।
पसलबाट ठूलो परिमाणमा टमाडोल औषधी फेला परेपछि उनलाई थप अनुसन्धानका लागि इप्रका बेलाबारी पठाइएको प्रहरीले जनाएको छ । उनको पसल समेत शिल गरेको छ।
पछिलो समय केराबारीमा लागु औषधको कारोबार संगै लागु औषध प्रयोग कर्ता वढ्दै गएका कारण केराबारी टान्जिट पोइन्ट बन्दै गएको छ ।
केही दिन अघि केराबारी १० स्थित एक घरबाट प्रयोग गरिरहेको फेला परेपछि १ दर्जन वढी लागु औषध प्रयोगकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


