झापामा गाईबस्तु बाँध्न खेततर्फ जाँदै गर्दा कृषि मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु
झापा । झापाको कचनकवल गाउँपालिका-७ सितागढीका ५५ वर्षीय अरुण राजवंशीको करेन्ट लागेर निधन भएको छ।
आज बिहान घरनजिकै गाईबस्तु बाँध्न खेततर्फ जाँदै गर्दा कृषि मोटरबाट करेन्ट लागेपछि उनको ज्यान गएको हो।


