मन्त्रि भण्डारीद्दारा फरक क्षमताका युवालाई रोजगार दिने ईप्सा नेपालको अवलोकन

काठमाडौं, १५ साउन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज तारकेश्वर नगरपालिका–४ स्थित इप्सा नेपाल को स्थलगत अवलोकन गरेका छन् ।
 
फरक क्षमता (अपाङ्गता) भएका युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको यो कम्पनी ४५ जिल्लाका ६० जनाभन्दा बढी युवाहरूको आशाको केन्द्र बनेको छ ।
 

इप्सा नेपालमा कार्यरत युवाहरू हाते होजीयारी, गलैचा उत्पादन, साना हस्तकलाका सामग्री निर्माणजस्ता काममा संलग्न छन् ।
 
संस्थाकी सञ्चालक संगीता पन्तका अनुसार, “यहाँ अपाङ्गता भएका व्यक्तिहरूका लागि अनुकूल प्राविधिक कामहरू विकास गरिएको छ जसले उनीहरूको आत्मनिर्भरता र आत्मविश्वास बढाएको छ ।”
 

मन्त्री भण्डारीले इप्साको कार्यप्रणालीबाट प्रभावित हुँदै यस्ता समावेशी र सृजनशील उद्यमलाई सरकारबाट आवश्यक सहुलियत र सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
 
उनले भने, “अपाङ्गता भएका उद्यमीहरू हाम्रो समाजको गौरव हुन् । यिनीहरूलाई आत्मनिर्भर बनाउन सकियो भने, समावेशी समृद्धिको सपना साकार हुन्छ ।”
 
अपाङ्गता भएका उद्यमीहरुले उदाहरणीय काम गरेर अरु युवालाई समेत प्रेरणा प्रदान गरेको उनको भनाई छ ।

इप्सा नेपालले देखाएको मार्गदर्शन अरू सामाजिक उद्यमहरूका लागि पनि उदाहरणीय बन्ने विश्वास गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।