ट्रकको ठक्करले स्कुटर दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
बर्दिबास । बर्दिबास नगरपालिका–१०, वनपथ क्षेत्रमा शनिबार दिउँसो ट्रकको ठक्करबाट स्कुटर दुर्घटना हुँदा सर्लाही लालबन्दी–९ निवासी ३८ वर्षीय नरकुमार आचार्यको मृत्यु भएको छ।
उनकी श्रीमती धनकुमारी घिमिरे गम्भीर घाइते भएकी छन्।
दुवैजना घरायसी कामका लागि स्कुटरमा बर्दिबास जाँदै गर्दा ट्रकले ठक्कर दिएको महोत्तरी प्रहरीले जनाएको छ।


