दुर्घटनामा मृत्यु भएका पूर्व असईलाई प्रहरी सलामी सहित अन्त्येष्टि

सञ्जय मिश्रा/रौतहट, १९ साउन। रौतहटमा सवारी दुर्घटनामा ज्यान गुमाएका नेपाल प्रहरीका पूर्व असई सुशिल कुमार क्षेत्रीको सोमबार सम्मानपूर्वक अन्त्येष्टि गरिएको छ।

 

कटहरिया नगरपालिका–५ निवासी ६० वर्षीय क्षेत्रीलाई कटहरिया–४ स्थित लालबकैया नदी किनारमा प्रहरी सलामीपछि अन्त्येष्टि गरिएको हो। ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई विनोद कुमार राना मगरको टोलीले दिवंगत पूर्व असई क्षेत्रीलाई सलामी अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेको थियो।

हिजो आइतवार बिहान साढे १० बजे विजयपुरबाट जंगलसैयातर्फ जाँदै गरेको प्रदेश २–००३,००५ प ३ नम्बरको मोटरसाइकलमा सवार क्षेत्री दम्पतीलाई विपरीत दिशाबाट आएको रातो नम्बर प्लेटको पिकअप गाडीले ठक्कर दिएको थियो। उक्त दुर्घटनामा क्षेत्री गम्भीर घाइते भए पनि उपचारको क्रममा वीरगंजस्थित नेशनल मेडिकल अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मोटरसाइकलमा सवार उनकी श्रीमती ५५ वर्षीया रिता रोक्काको खुट्टामा सामान्य चोट लागेको र हाल सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार पिकअप चालकलाई आईतवार दिउँसो सवा ३ बजे प्रहरी चौकी पथलैयाको टोलीले पक्राउ गर्न सफल भएको थियो। पक्राउ परेका चालक मोरङ, सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँ टोलका २४ वर्षीय रमेश परियार रहेको र उनी इन्द्र बहादुर दर्जीका छोरा रहेको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले जानकारी दिएका छन्।

घटनास्थलमा प्रहरी चौकी दुधिअवाबाट असई बिन्देश्वर प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले अनुसन्धान थालेको थियो। मावि दुधिअवा अगाडि जडान गरिएको सीसीटीभी क्यामरामा गाडीको नम्बर ९को २ च ३२६३० कैद भएपछि, सो विवरणका आधारमा सुनसरी प्रहरीसँग समन्वय गरी गाडी र चालकको पहिचान भई नियन्त्रणमा लिइएको हो।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, दुर्घटनापछि पूर्व असई क्षेत्री लामो समयसम्म सडकमै अचेत अवस्थामा थिए । अत्यधिक रक्तश्राव भई पूर्व असई क्षेत्रीको ज्यान गएको आशंका गरिएको छ। दुर्घटना भएसंगै उनलाई उपचारको लागि अस्पताल लगेको भए उनी बाँच्न सक्ने अनुमान स्थानियहरुको रहेको छ।

यस घटनालाई गम्भीरतापूर्वक लिएर, प्रहरी प्रशासनले चाँडो कारबाही अघि बढाएको भन्दै सर्वसाधारणले प्रहरीको तत्परता र सक्रियताको प्रशंसा गरेका छन्। दिवङ्गत क्षेत्रीको छोरा द्धय सुजन क्षेत्री र र्यानस क्षेत्री क्रियापुत्री बसेका छन्। उनको दुइछोरा दुई छोरी रहेको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।