रौतहटमा बिपद र उद्वारमा सशस्त्र प्रहरी सक्रिय

सञ्जय मिश्रा/रौतहट,२०  साउन । रौतहट स्थित बिपद तथा राहत उद्धार कार्यमा सशस्त्र प्रहरीको प्रशंसनिय भूमिका देखिएको छ।

गत माघ ३० गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हे.क्वा. रौतहटकाे प्रमुखको रुपमा एसपी सन्तोष कुमार बस्नेतले जिम्मेवारी सम्भाले पछी विविध घटनाहरूमा सशस्त्र प्रहरीको सक्रियता प्रशंसनिय देखिएको हो।

 

 
एस्पी बस्नेतका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म सवारी दुर्घटना उद्धार ६२ वटा, आगलागी नियन्त्रण ४० वटा, नदी तथा खोलामा नुहाउने क्रममा भएका ८ वटा घटनाहरूमा उद्धार तथा शव खोज कार्यमा ६८० जना सशस्त्र प्रहरी परिचालित भएको छ।

 

 ती घटनाहरूमा ६ जना मृतककाे शव निकालिएको छ भने एकको जीवित उद्धार गरिएको हो।
रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर हालसम्म तीन भारतीय नागरिकको ज्यान गएको छ भने एक महिलाको जीवित उद्धार गरिएको छ।

 

पहिलो घटना साउन ९ गते साँझ ५ बजे  भारत, बिहारको सितामढी जिल्लास्थित मुसहरी ग्रामपञ्चायत–९ निवासी १४ वर्षीय पवन कुमार साह र २२ वर्षीय निलम कुमार राजवंशी बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

 

पवनको शव साउन १० गते र निलमको शव साउन ११ गते फेला परेको हो।
दोस्रो घटना साउन १७ गते बिहान ७:३० बजे बिहार, कटिहार जिल्लाका ३० वर्षीय रोहित कुमार सिंह मादक पदार्थ सेवनपछि नदीमा पसेर डुबेका थिए। उनको शव पनि साउन १९ गते फेला परेको हो।

 

आत्महत्या प्रयासबाट जीवन रक्षाः साउन ४ गते साँझ ५:४५ बजे भारतको कटिहार जिल्लाको भुटा थाना निवासी ४५ वर्षीय रामवीर महतोले आत्महत्या प्रयासस्वरूप बागमती नदीमा हाम फालेका थिए।

 

तर, सशस्त्र प्रहरीको विपद् उद्धार टोलीले स्थानीयवासीको सहयोगमा उनलाई जिउँदै उद्धार गर्न सफल भयो। पछि उनलाई उनको श्रीमतीको जिम्मा लगाइएको थियो।

 

सशस्त्र प्रहरीको उल्लेखनीय भूमिका: उपरीक्षक सन्तोष कुमार बस्नेतको नेतृत्वमा सञ्चालित विपद् उद्धार टोलीले हालसम्म ६ जनाको खोज तथा उद्धार कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।

 

मृतकका शवहरू कानुनी प्रक्रिया अनुसार पीडित परिवारलाई जिम्मा लगाइएको छ भने जीवन संकटमा परेकाहरूको उद्धारमा टोलीले तत्परता देखाएको छ।

 

नदी सुरक्षाप्रति गम्भीर ध्यानको आवश्यकता: गर्मीको मौसममा बागमती नदीमा नुहाउने र पौडी खेल्नेक्रममा यस्ता घटनाहरू बारम्बार हुने गरेको पाइन्छ। यसपटक डुबेर मृत्यु भएका अधिकांश व्यक्ति भारतीय नागरिक हुन्।

 

नदीको आसपासमा चेतावनी संकेतको अभाव, मादक पदार्थ सेवनपश्चात नदीमा पसेर हुने दुर्घटना, तथा नियमित निगरानीको कमीले यस्तो समस्या दोहोरिएको देखिन्छ।

 

समाधानका उपायहरू: विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको सक्रियता सर्वसाधारणमा आश्वासन जगाउने खालको भए पनि, यस्ता घटना न्यूनीकरण गर्न स्थानीय तह, प्रहरी प्रशासन तथा जनप्रतिनिधिहरूले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै चेतावनी बोर्ड राख्ने, नियमित गस्ती गर्ने र नदी सुरक्षामा प्राथमिकता दिने कार्यहरू आवश्यक देखिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।