प्रेस चौतारी काभ्रेको अक्षयकोषमा रेशम लामाले गरे १ लाख १ हजार सहयोग

बनेपा, २२ साउन । प्रेस चौतारी नेपाल काभ्रे शाखाले पत्रकारहरुको हकहितका लागि स्थापना गरेको अक्षय कोषका लागि संविधान सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका पुर्व राज्य मन्त्री रेशम लामाले १ लाख १ हजार रुपैया सहयोग गरेका छन् ।

 

जन्मदिनको अवसर पारी लामाले प्रेस चौतारी काभ्रे शाखाको कार्यालय पुगी चौतारीका अध्यक्ष केदार तिमल्सिना सहितका पदाधिकारीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । केन्द्रिय सदस्य लामाले नागरिकहरुको अधिकारका लागि निरन्तर सक्रिय हुने पत्रकारहरुका लागि स्थापना गरिएको कोषमा सहभागिता हुन पाउँदा खुशी लागेको बताए ।

 

‘ब्यवसायीक पत्रकारहरुको जीवनमा आई पर्ने विविध क्षेत्रमा खर्च गर्ने उदेश्यले स्थापना गरिएको कोषमा सहभागि हुने अवसर पाएँ,’ लामाले भने, ‘कोषको प्रगति र ब्यवसायीकतामा सफलताका लागि प्रेससँग सम्वद्ध सबैलाई शुभकामना छ ।’

चौतारीका अध्यक्ष केदार तिमल्सिनाले लामालाई धन्यवाद दिदै अक्षयकोषले जिल्लामा कृयाशिल पत्रकारहरुका लागि सहयोग पुर्याउने गरी अभियान शुरु गरिएको बताए । चौतारीले आफ्नै कार्यालय मार्फत प्रशासनीक तथा ब्यवसायीक कार्य प्रारम्भ गरेको छ ।

पत्रकारहरुको दक्षता, क्षमता अभिबृद्धी, संस्थागत विकास र ब्यवसायीकतामा जोड दिने अध्यक्ष तिमल्सिनाले बताए । सोहि अवसरमा केन्द्रिय सदस्य रेशम लामाको जन्मोत्सव मनाईएको थियो । केन्द्रिय सदस्य लामाले अक्षयकोषका अलावा चौतारीको कार्यालयको दुई महिनाको भाडा तिरिदिने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।