झापा र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जना पक्राउ

विराटनगर, साउन २३ गते । झापा र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साउन २२ गते मोरङको बिराटनगर- १५ स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका भारत अररिया फारबिसगंजका ३५ बर्षीय सिकंदर बाखत र सरफराजलाई १ सय ४१ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

झापाको इलाका प्रहरी कार्यालय दमकले ३ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका-४ कि २६ बर्षीया ज्योती राई तामाङ, कमल गाउँपालिका- ५ का २७ बर्षीय संजिब लिम्बु, वसन्त राई र कमल गाउँपालिका- ४ का सन्दिप धिमाललाई पक्राउ गरेको छ ।
यसै गरी विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका- ५ का ४६ बर्षीय राजेन्द्र पंथाकलाई उनले घरमा लुकाई छिपाई राखेको ट्रामाडोल २० हजार क्याप्सुल सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖