पतौरा स्वास्थ्य केन्द्रमा एकैदिन दुई जुम्ल्याहा सहित ६ शिशुको जन्म

सञ्जय मिश्रा/रौतहट, २३ साउन । रौतहट जिल्लाको मौलापुर नगरपालिका अन्तर्गत रहेको पतौरा स्वास्थ्य केन्द्रमा एकैदिन चार जना महिलाले सुरक्षितरूपमा सुत्केरी भई कुल ६ जना शिशुको जन्म दिएका छन्।
 
तीमध्ये दुई जना महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन्।
 
स्वास्थ्य केन्द्रका प्रमुख अच्छेलाल साहका अनुसार, २५ वर्षीया मीरा देवी साह ९मौलापुर–५० र २२ वर्षीया पेतारी देवी ९मौलापुर–६० ले जुम्ल्याहा छोरी शिशु जन्म दिएकी हुन्। त्यसैगरी, १८ वर्षीया चन्दनी यादव ९गढीमाई नगरपालिका–९० र २५ वर्षीया रुमी महतो ९परोहा नगरपालिका–३० ले एक–एक जना छोरी शिशु जन्म दिएकी छन्। ती सबै सुत्केरी महिला तथा नवजात शिशु सुरक्षित र स्वास्थ रहेको प्रमुख साहले जानकारी दिएका छन्।
 
हाल अधिकांश गर्भवती महिलाहरू सुरक्षित सुत्केरी सेवाका लागि वीरगञ्जलगायत अन्य स्थानमा धाउनु पर्ने बाध्यता थियो। तर, पतौरा स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सक टोली, अनुभवी महिला नर्स तथा राम्रो व्यवस्थापन भएको कारणले गर्दा महिलाहरूले आफ्नै नजिकको स्वास्थ्य संस्थामा सुरक्षितरूपमा सुत्केरी हुने सुविधा पाउन थालेका छन्।

मौलापुर नगरप्रमुख रिना कुमारी साहको निर्देशनमा सञ्चालन भइरहेको स्वास्थ्य सेवामा सुधार आएपछि आसपासका पालिकाबाट समेत महिलाहरू उपचार र सुत्केरी सेवाका लागि आउने गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएअनुसार, यस घटनाले मौलापुर नगरपालिका भित्र मातृ तथा नवजात स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारिता थप प्रमाणित गरेको छ।

स्वास्थ्य केन्द्रमा एकैदिन छ जना शिशुको सुरक्षित जन्म हुनु सुखद र प्रेरणादायी घटनाको रूपमा हेरिएको छ। सस्तो, सुरक्षित, सहज र गुणस्तरीय सुत्केरी सेवा उपलब्ध गराउने यस केन्द्रले स्थानीय तथा अन्य पालिकाका गर्भवती महिलाहरूका लागि एक उदाहरणीय विकल्पको रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖