उत्तराखण्डको बाढीमा बर्दियाका पाँच नेपाली बेपत्ता, अवस्था अझै अज्ञात

काठमाडौ । भारतको उत्तराखण्ड प्रदेश उत्तरकाशी जिल्लास्थित धरालीमा गएको भीषण बाढीमा परेर पाँच जना नेपाली मजदुर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बर्दियाको मधुवन नगरपालिका–५ का नरेन्द्र खड्का उनकी श्रीमती सन्ध्या खड्का, १८ महिनाका छोरा रोमन र सोही ठाउँका अमृता परियार र सुवास विक बेपत्ता भएको घटनास्थलमा रहेका बर्दिया मधुवन नगरपालिका–५ का चित्र पौडेलले जानकारी दिए ।

‘सडक निमार्णमा मजदुरी गरेर उहाँहरू टेन्टमा त्यहाँ बस्दै आउनुभएको थियो,’ पौडेलले भने, ‘बुधबार बिहान करिब ९ः०० बजेतिर आएको बाढीले बगाएपछि पाँच जना बेपत्ता भएका हुन् ।’

पौडेल पनि सोही स्थानमा सडक निर्माणमा काम गर्ने मजदुर हुन् । उक्त स्थानमा नेपालका विभिन्न जिल्लाका ४० जना मजदुर ठेकेदारको निर्माण कम्पनीमा सडक निर्माणको काम गर्दै आएका थिए । बुधबार बिहान बेपत्ता भएका उनीहरूको अवस्था अज्ञात छ ।

बर्दियाको मधुवन नगरपालिका–५ का वडाध्यक्ष दिलीप गुरुङले पहिरोमा परेर पाँच जना बेपत्ता, पाँच जना घाइते भएको खबर प्राप्त गरेको जानकारी दिए । ‘मजदुरीका लागि भारत गएका पाँच जना बेपत्ता भएका छन्,’ उनले भने, ‘घाइते पाँच जनामध्ये तीन जना उपचारपछि काममा फर्किसकेका छन्, दुई जनाको उपचार भइरहेको छ ।’

पहिरोमा परी बेपत्ता भएकाहरूको अहिले खोजीकार्य भइरहेको छ । त्यहाँ रहेका अन्य नेपाली मजदुरले १०–१५ किलोमटरसम्म खोजी गरे पनि फेला नपरेको पौडेलले जानकारी दिए ।

भारतस्थित नेपाली राजदूतावासले आज विज्ञप्ति जारी गर्दै बेपत्ता नेपालीहरूको अवस्था अझै अज्ञात रहेको जनाएको छ । दूतावासका अनुसार उत्तराखण्ड प्रहरीले राजदूतावासलाई गराएको जानकारीअनुसार तीन सय ७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट दुई जनाको शव निकालिएको छ । उक्त सूचीमा नेपाली नरहेको दूतावासले जनाएको छ ।

‘उत्तराखण्ड प्रदेश पौडी गौडाल जिल्लाको बागोडामा गएको बाढीपहिरोपश्चात पाँच जना नेपाली हराइरहेका छन्’, भारतस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चार जना घाइतेमध्ये तीन जना घर फर्केको र एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको दूतावासले उल्लेख गरेपनि वडा अध्यक्ष गुरुङले भने पाँच जना घाइते भएको बताए । उक्त बाढीपहिरोमा परी हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेको उपचारलगायत अन्य आवश्यक सहयोगका लागि राजदूतावासले निरन्तर रूपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।