पांचथरमा श्रीमतीलाई करणी गरेको आरोपमा एक युवा पक्राउ

पांचथर । श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरको फिदिम नगरपालिका–४ बाट एक युवा पक्राउ परेका छन्। बैवाहिक बलात्कारसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय पाँचथरले २७ वर्षीय श्रीमानलाई नियन्त्रणमा लिएको हो।

२३ वर्षीया पीडित महिलाले आफ्नै श्रीमानले जबरजस्ती करणी गर्दै आएको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी कौशल बुढाथोकीले जानकारी दिए। पीडित र आरोपी श्रीमान फिदिम–४ मा डेरामा बस्दै आएका थिए। उनीहरूकी अढाई वर्षीया छोरी पनि छिन्।

पीडित महिलाका अनुसार उनका श्रीमान मादक पदार्थ सेवन गर्ने, बारम्बार झगडा गर्ने, कुटपिट गर्ने तथा सहमति विना यौन सम्पर्क राख्ने गर्थे। पटक–पटक चेतावनी दिँदा पनि अवस्था नबदलिएको भन्दै अन्ततः उनले प्रहरी लिएकी हुन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖