झापामा कुखुरालाई करणी गर्दा गर्दै एक जना पक्राउ
झापा। झापाको हल्दिवारी गाउँपालिका–४ जलथलका ६० वर्षीय एक पुरुष कुखुरालाई करणी गरेको आरोपमा पक्राउ परेका छन्।
उनले आफ्नै घरमा पालेको पोथी कुखुरालाई सुत्ने कोठामा लगेर करणी गरिरहेको बेला श्रीमतीले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार करणीका कारण पोथी कुखुराको मृत्यु भएको छ।
हाल ती पुरुषलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


