जिप दुर्घटना, तीन जना गम्भीर घाइते

स्याङ्जा । स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनमा तीन जना गम्भिर घाईते भएका छन् ।

वालिङ बजारबाट वालिङ नगरपालिका–१२ लाम्पाते जाँदै गरेको ल १ च ६२५३ नम्वरको जीप वालिङ–१४ को छोरेखर्कमा शनिबार साँझ दुर्घटनामा परेको हो ।

जिप सडकबाट २५ मिटर जती तल झरेको वालिङ नगरपालिका–१४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु)ले जानकारी दिनुभयो । घाईतेहरुले उद्धार गरी उपचारका लागि गह्रौं प्राथमिक अस्पताल पठाइएको उहाँको भनाई छ ।

दुर्घटनामा परी वालिङ नगरपालिका–१२ का २२ बर्षीय सागर सुनार, सोही ठाउँका ३८ बर्षका ओविन गोतामे र जिपका चालक देवदह नगरपालिका–२ खैरेनीका मदन पुरी घाईते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिनुभयो ।

घाईतेको थप उपचारका लागि पोखरा लगिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।