यसरी भयो स्कारपियो दुर्घटना ! श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

रामेछाप, साउन २५ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने उहाँका श्रीमान् गम्भीर घाइते हुनुभएकाे छ ।

आइतबार बिहान सदरमुकाम मन्थलीबाट हटाैँडा जाँदै गरेको निजी स्कारपियो मन्थली–खुर्कोट सडकखण्डको बोक्से पहराबाट तामाकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयाे।

दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गाडी अप्ठ्यारो भिरमा अड्किएको हुँदा उद्धारमा कठिनाइ भएको र हाल शव निकालिएको छ।

घाइते भएका उहाँका श्रीमान् उत्तम चौहानकाे मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारकाे लागि काठमाडाैं पठाइएकाे छ। गाडीको नम्बर भने भिरमा अड्किएको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖