झापामा जंगली च्याउ खाँदा तीन जना बिरामी
झापा । झापामा जंगली च्याउ खाँदा ३ जना महिला बिरामी परेका छन् ।
प्रहरीका अनुसार कनकाई नगरपालिका–५ की ५७ वर्षीया हरिमाया विक, २५ वर्षीया रविना विक र १६ वर्षीया धनमाया विक बिरामी परेका हुन् । उनीहरुले शनिबार राति च्याउ खाएको प्रहरीले जनाएको छ ।
सबै जनाको अवस्था मध्यम छ । बिर्तामोडको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा प्रहरीले आइतबार बिहान मात्रै थाहा पाएको थियो ।


