राज्यव्यवस्था समितिको सभापतिबाट खतिवडाको राजीनामा

काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा राजीनामा दिएका छन् ।सभापति खतिवडाले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

संघीय निजामती सेवा सम्बन्धी विधेयकमा समितिले सर्वसम्मत पारित गरेको दुई वर्षे ‘कुलिङ अफ पिरियड’ को प्रावधानमा हेरेफेर गरिएको विषयमा कांग्रेस सहमहामन्त्री जीवन परियार नेतृत्वमा गठन भएको संसदीय छानबिन समितिले सभापति खतिवडाले राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने छानबिन प्रतिवेदनमा उल्लेख गरेपछि उनी अप्ठ्यारोमा परेका थिए ।

निजामती र सरकारी कर्मचारीले अनिवार्य अवकाश वा राजीनामा दिएर सेवानिवृत्त भएपछि दुई वर्षसम्म संवैधानिक आयोग, सरकारी लगायतका नियुक्ति लिन नपाउने गरि समितिले कुलिङ पिरियडको व्यवस्था पारित गरेपनि विधेयकको प्रतिवेदन लेख्दा समितिले सर्वसम्मत पारित गरेको प्रावधान विपरित हुने व्यवस्था भएपछि यो विषय सतहमा आएको थियो ।कुलिङ पिरियडको व्यवस्था उल्ट्याउन मुख्यसचिव एकनारायण अर्याल, संसदका महासचिव पद्मप्रसाद पाण्डेय, सरकारका सचिवहरू प्रधानमन्त्री केपी ओलीदेखि शीर्ष राजनीतिक नेतृत्वलाई दबाब दिन अभियाननै चलाएर लागेका थिए ।

अर्कोतर्फ सभामुख देवराज घिमिरेले विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न छलफल गरिरहेको बेला सभापति खतिवडाको राजीनामा आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।