सुनसरी, झापा र मोरङबाट लागूऔषध सहित ६ जना पक्राउ
विराटनगर, साउन २८ गते । सुनसरी, झापा र मोरङबाट लागूऔषध सहित ६ जना पक्राउ गरिएको छ ।
हिजो दिउँसो सुनसरीको इनरुवा नगरपालिका ४ स्थित बसपार्कबाट सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको इटहरी उप-महानगरपालिका १६ का १८ बर्षीय दिपेन्द्र चौधरी र इटहरी ७ का १८ बर्षीय निरज चौधरीलाई २ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
यसै गरी हिजै बेलुका झापाको भद्रपुर नगरपालिका ५ मेचीपुलबाट प्रहरीले भद्रपुर नगरपालिका ७ का २९ बर्षीय सागर पौडेललाई ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
यस्तै झापाकै झापा गाउँपालिका १ सितुमारीबाट भारतबाट नेपाल आउदै गरेको BR37AD3055 नम्बरको भारितय मोटरसाईकलमा सवार भारत बिहार राज्य जिल्ला किसनगंज दिघलबैंक थाना २ बस्ने २८ बर्षीय लाल बाबु सिंह र पछाडी सवार सोही स्थान ८ का ३२ बर्षीय महमद अनबरलाई Pyxwin Spas २४ पिस र Nitrazohm २ पिस प्रतिबन्धित औषधी पक्राउ गरिएको छ ।
यसै गरी हिजै बेलुका इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मोरङको पथरिशनिश्चरे नगरपालिका १० शिविर क्याम्प C2 हट नं. ५२ बस्ने ३४ बर्षीय रोबिन राईलाई ट्रमा- 50- १८१ क्याप्सुल, भोमाइन- 25-६० ट्याब्लेट, रेरिसपास- 20- १४० ट्याब्लेट प्रतिबन्धित औषधी सहित घरैबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


