मेरिल्याण्ड कलेजमा वक्तृत्वकला प्रतियोगिता, श्रेयान्स प्रथम

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स पौडेल प्रथम भएका छन् ।

‘महँगी, बेरोजगारी र युवाको भविष्य’ शीर्षकमा आयोजित प्रतियोगितामा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै पौडेल प्रथम भएका हुन् ।

प्रतियोगितामा स्याक्रिन सुवेदी दोस्रो हुँदा प्रफुल मेहता तृतीय भए । प्रतियोगितामा वसुन्धरा मण्डलले प्रोत्साहन पुरस्कार प्राप्त गरिन् । कवि एवं पत्रकार मीनकुमार नवोदित र प्राध्यापक नरेश पौडेलको निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । सम्बोधन, विषयवस्तुप्रतिको ज्ञान, प्रस्तुति, शारीरिक हाउभाउ, भाषाशैली, मौलिकतालगायतलाई आधार मानेर निर्णय गरिएको प्रमुख निर्णायक मीनकुमार नवोदितले जानकारी दिए ।

पुरस्कृतहरुलाई कलेजका अध्यक्ष गुणराज ढुंगेल, प्राचार्य लक्ष्मण ढकाल, कलेजका सञ्चालक प्रा.डा. पिके झा, भेषराज पोखरेल, पेशल पोखरेल, प्रदीप भगत, निर्णायक नवोदितलगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । विद्यार्थीभित्र रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्राचार्य ढकालले जानकारी दिए ।

कलेजले अध्ययन सँगसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖