खोटाङ जाँदै गरेको चाउचाउ बोकेको ट्रक भीरबाट खस्यो
ओखलढुंगा । मध्यपहाडी लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्माटारमा आज दिउँसो चाउचाउ बोकेको ट्रक भीरबाट खसेको छ।
पोखराबाट खोटाङतर्फ जाँदै गरेको ना६ख ४९३४ नम्बरको ट्रक ब्रेक फेल भएर करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
दुर्घटनामा ट्रक चालक तारा बहादुर लोप्चन सकुशल छन्। सहचालक बेदमान गोलेको बायाँ खुट्टा सुन्निएपछि सामान्य उपचारका लागि उनलाई उदयपुरको जनसेवा हेल्थ केयर, घुर्मी पठाइएको प्रहरीले जनाएको छ।


