झुम्का कारागारबाट फरार कैदी आफन्तको घरमै सुतिरहेको अवस्थामा पक्राउ

इटहरी । सुनसरीको झुम्का कारागारबाट साउन २८ गते बिहान फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी रूपक पौडेल (खत्री) झापाको बिर्तामोडमा आफन्तको घरमै सुतिरहेको अवस्थामा पक्राउ परेका छन्।

खोटाङ दिप्रङ चुईचुम्मा गाउँपालिका–२ निवासी २८ वर्षीय खत्री झापाको बिर्तामोड नगरपालिका–१०, विराट पोखरस्थित आफन्तको घरबाट पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले खत्रीलाई शनिवार बिहान ६ बजे नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार खत्री शुक्रवार रातिदेखि आफन्तको घरमा लुकिछिपी बसेका थिए।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा राखिएको छ।साउन २८ गते बिहान खत्री कारागारको ‘बी’ ब्लकबाट फरार भएका थिए। कारागारको मुढा बनाउने उद्योगको छानामाथि चढेर उनले करिब १० फिट लामो सिडी तयार पारेका थिए। सोही सिडीको सहायताले करिब २० फिट अग्लो पर्खाल नाघेर बिहान करिब २ बजे उनी कारागार बाहिर निस्केका थिए।जबरजस्ती करणी (सामूहिक बलात्कार) घटनामा संलग्न रहको ठहर गर्दै जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते खत्रीलाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो।

छानबिन समिति गठन

कैदी फरार भएको घटनामा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा यसअघि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।समितिले कारागारमा सशस्त्र प्रहरी, जनपद प्रहरी, जेलर, कारागार प्रशासन र अन्य कर्मचारीहरूसँग बयान लिई प्रतिवेदन तयार गर्ने जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖