मोरङमा मोटरसाइकल दुर्घटना : २ जनाको मृत्यु, १ जना घाइते

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा शुक्रबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १ जना गम्भीर घाइते भएका छन् ।

अलगअलग स्थानमा मोटरसाइकल दुर्घटना भएको हो । एउटा दुर्घटना बूढीगंगा–२ अमाही बोक्ला टोलस्थित भित्री सडकखण्डमा राति १०ः१५ बजेतिर भएको प्रहरीले जनाएको छ ।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार नेमुवाबाट अमाहीतर्फ जाँदै गरेको को ३५ प ५०३३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा पर्दा चालक बूढीगंगा–२ का ३५ वर्षीय विकासकुमार भगतको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो ।

भगतको उपचारका क्रममा राति १२ः३२ बजेतिर मृत्यु भएको इन्स्पेक्टर लाम्सालले बताए । मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ ।

त्यस्तै, कोशी लोकमार्गअन्तर्गत बूढीगंगा–३ स्थित एसियन फ्यूल सेन्टरनजिक राति ११ बजेतिर अर्को दुर्घटना भएको छ । नेमुवाबाट विराटनगरतर्फ आउँदै गरेको को २१ प ८६९२ नम्बरको मोटरसाइकल सडकको डीभाईडरमा ठोक्किएर दुर्घटनामा परेको जानकारी इन्स्पेक्टर लम्सालले दिए ।उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार विराटनगर महानगरपालिका–४ का ४२ वर्षीय कात्तिक विश्वासको मृत्यु भएको हो । गम्भीर घाइते अवस्थाका उनलाई घटनास्थलबाट उद्धार गरेर उपचारका लागि कोशी अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक विराटनगर–४ का सञ्जय थान्दार गम्भीर घाइते भएका छन् । उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ ।दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ ।

दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖