इटहरीमा पसल फोडेर ४६ लाख रुपैयाँ बराबरको सुनचाँदी चोरी

इटहरी । इटहरीमा गहना गृह तथा मनि ट्रान्सफरमा चोरी भएको छ । इटहरी १९ स्थित सेरा टोलमा सञ्चालित हरिहर गहना गृह तथा हरि ओम मनि ट्रान्सफर (आईएमइ) मा शुक्रबार बिहान सटर काटेर ठुलो परिमाणमा सुन र चाँदी चोरी भएको हो । सञ्चालक हरि प्रसाद पौडेलले पसलबाट २० तोला सुन, करिब ८ केजी चाँदी र १० हजार रुपैयाँ चोरिएको जानकारी दिए ।

पौडेलका अनुसार सटरको ताला लगाउने भाग ग्यास वेल्डिंगले काटेर चोर भित्र पसेको उनले बताए । चोरले सुरुमा सिसिटिभीको फुटाएर चोरी गरेको जनाइएको छ । पसलको लकरमा रहेको सुन, चाँदी र नगद सुरक्षित भए पनि बाहिर राखेको सुन र चाँदी चोरी भएको पौडेलको भनाई छ ।

शनिवार बिहान ११.३० बजे पसलको छेउको ब्युटी पार्लर खोल्ने क्रममा महिलाले सटर काटेको देखेर सञ्चालकलाई खबर गरेकी थिइन ।
‘शनिवार ढिलो गरी मात्र पसल खोल्छौ, बुहारीले सटर काटेको देखेर हामीलाई खबर गरिन,’सञ्चालक पौडेलले प्रदेश पोर्टललाई भने ‘भित्र हेर्दा दराजमा राखेको सुन र चाँदी चोरी भएको पायौ । लकर भने सुरक्षित छ, डिस होमको रिर्चाज गरेको १० हजार रुपैयाँ पनि चोरी भयो ।’

पसलको घरको पछाडिबाट चोर छिरेर आवाज नआउने गरी ग्यास वेल्डिंगले सटर काटेको थियो । सिसिटिभीको हार्ड-डिस्क समेत चोरी भएको पौडेल बताउँछन् ।

घटनापछि सञ्चालक पौडेलले इलाका प्रहरी कार्यालय इटहरीमा चोरी सम्बन्धी निवेदन दिएका छन् । चोरी भएको सुन र चाँदीको मूल्य झन्डै ४६ लाख रुपैयाँ बराबर भएको बताइएको छ । यता इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजेन्द्र पौडेलले चोरी भएको जानकारी आएपछि घटना अनुसन्धानको लागि प्रहरी परिचालन गरिएको बताए ।-सुन्दरहरैचा अपडेट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖