सुनसरीको बराहक्षेत्रमा दुधपानी खोलाले मोटरसाइकल बगाउंदा बुबाको उद्धार, १९ वर्षीया अनिता अझै बेपत्ता

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ दुधपानी खोलामा शुक्रवार भएको दुर्घटनापछि कोशीमा बगेकी १९ वर्षीया अनिता राई अझै बेपत्ता रहेकी छिन् । आइतबारसम्म पनि उनको खोजी कार्य निरन्तर जारी छ ।

शुक्रवार दिउँसो करिब १:५० बजे धरान–१६ निवासी ४५ वर्षीय जीवन राई मोटरसाइकलमा छोरी अनितासँग धरानतर्फ आउँदै गर्दा आकस्मिक रूपमा बढेको दुधपानी खोलाले उनीहरूलाई बगाएको थियो ।

मोटरसाइकलसहित खोलाले बगाएका बुबा–छोरी दुवै जना कोशीमा पुगेका थिए । स्थानीयवासी र प्रहरीको सक्रियतामा सप्तकोशी किनारबाट जीवन राईलाई जीवितै उद्धार गरिएको थियो ।

हाल उनी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत छन् । तर छोरी अनिता भने खोलामा बगेको दुई दिन बितिसक्दा पनि भेटिएकी छैनन् ।घटनापछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वमा ५ जना, चतराबाट सई राजन खड्काको कमाण्डमा ५ जना र अस्थायी प्रहरी पोष्ट चतरा पुलबाट असई एकनाथ खतिवडासहित २ जना गरी १२ जना सुरक्षाकर्मी खोजतलासमा खटिएका छन् ।

शनिवार दिनभर कायक प्रयोग गरेर घटनास्थलदेखि राजाबाससम्म अनिताको खोजी गरियो । तर खोजी अभियान निष्फल भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रमुख निरीक्षक कुँवरले जानकारी दिए ।
उनका अनुसार आइतबार भने राजाबासदेखि कोशी ब्यारेजसम्म कायकमार्फत खोजी अभियान अघि बढाइनेछ । कायक एकजनाले चलाउन मिल्ने सानो र हल्का डुङा हो, जुन र्याफ्टिङमा बोटलाई गाइड गर्न प्रयोग गरिन्छ ।

प्रहरी निरीक्षक कुँवरका अनुसार बाढीसँगै दाउरा, रुखका ठुटा, फोहरसमेत बगेकाले ठुला बोट सञ्चालन गर्न अप्ठ्यारो भएकाले कायक प्रयोग गरिएको हो । “कायक कुनाकाप्चा पुग्न सक्छ, त्यसैले खोजी छिटो हुन्छ,” उनले भने, “भेटिएपछि मात्र ठूलो बोट प्रयोग गर्ने तयारी छ ।”-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖