मोरङमा चोरी भएको मोटरसाइकल झापामा फेला, दुई युवक पक्राउ

विराटनगर। मोरङको रतुवामाई नगरपालिका–४ आमबारी चोकबाट चोरी भएको मोटरसाइकल प्रहरीले झापामा फेला पारेको छ । चोरीमा संलग्न दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोरङकी पुष्पमाया खतिवडाले घरको कम्पाउण्डमा पार्किङ गरी राखेको को ३० प ९६७७ नम्बरको मोटरसाइकल साउन ३० गते राति १२ बजे चोरी भएको थियो । उक्त मोटरसाइकल झापा जिल्लाको भद्रपुरतर्फ लैजाइरहेको भन्ने विशेष सूचनाको आधारमा भदौ २ गते दिउँसो २ बजे प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ मेचीपुलस्थित चेकपोष्टमा चेकजाँच गर्ने क्रममा फेला पारेको हो ।

प्रहरीका अनुसार मोटरसाइकलमा झापाको गौरीगन्ज गाउँपालिका–५ का २० वर्षीय रोम भन्ने प्रकाश यादव र विर्तामोड नगरपालिका–१ का २० वर्षीय ओम प्रकाश खडका सवार रहेका थिए । उनीहरू उक्त मोटरसाइकल नेपाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ परेका यादव र खडकालाई आवश्यक कारबाहीका लागि मोरङको इलाका प्रहरी कार्यालय सिजुवामा पठाएको जनाएको छ ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।