झापामा पार्किङ गरिएको ट्रकमा भयो आगलागी

झापा, भदौ ४ । झापाको बिर्तामोड नगरपालिका–५ सुगम पेट्रोल पम्प नजिकै पार्किङ गरी राखिएको ना ४ ख ४१८१ नम्बरको ट्रकमा आज बेलुकी करिब अन्दाजी ४:३० बजे अचानक तार सर्ट भई आगलागी भएको छ।

घटनाबारे जानकारी अन्दाजी ४:३५ बजे ईलाका प्रहरी कार्यालय अनारमनीमा प्राप्त हुनासाथ प्रहरी टोली तत्कालै घटनास्थलतर्फ खटिएको थियो। प्रहरी र स्थानीयवासीहरुको सहयोगमा मटरको पानी प्रयोग गरी आगो अन्दाजी ५:०० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीका कारण ट्रकको कागजातसहित अगाडिको क्याबिन भाग (चालक र सहचालक बस्ने स्थान) र इन्जिनको भाग आंशिक रूपमा जलेर करिब पाँच लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

हाल ट्रक घटनास्थलमै रहेको र आगलागीको थप कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।