कोशी राजमार्गमा मोटरसाइकल ट्रक संग ठोक्किंदा कलाकारको निधन

विराटनगर । विराटनगरमा भएको सवारी दुर्घटनामा परेर थारू कला केन्द्रका सचिव पुष्प कुमार चौधरी “पुष्पे थारू” को निधन भएको छ ।

बुधबार बेलुका ८.२० बजेको समयमा विराटनगर महानगरपालिका ४ दुधफारम स्थित कोशी राजमार्गमा भएको दुर्घटनामा उनको निधन भएको हो ।

विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क ५१८९ नम्बरको मिनी ट्र्कलाई रोकी चेक जाँच गर्ने क्रममा दुर्घटना भएको थियोे ।सोही दिशाबाट आउँदै गरेको प्रदेश १-०२-००४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा आएको मोटरसाइकल अनियन्त्रित भई उक्त मिनी ट्र्कको पछाडि ठक्कर दिई दुर्घटना हुँदा चालक बर्जु गाउँपालिका ६ बस्ने २८ वर्षीय चौधरी घाइते भएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖