लेटाङमा चिसाङ खोलाले बगाउँदा दुई जनाको मृत्यु

मोरङ । लेटाङमा चिसाङ खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ । लेटाङ १ अँधेरी अमलबोटेका ७० वर्षीय बुद्धवीर तामाङ र लेटाङ २ का ५५ वर्षीय टिंके तामाङलाई चिसाङ खोलाले बगाएको हो ।

हिजो साँझ करिब ५ बजेतिर लेटाङ १ बगुवाबाट खोला तर्ने क्रममा उनीहरूलाई खोलाले बगाएको स्थानीयको भनाइ छ। खोलाले बगाएपछि लामिटार क्षेत्रमा शव फेला परेको स्थानीयले जनाएका छन् ।

शवलाई पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिए ।

सो क्षेत्रमा पुल नहुँदा जोखिम बढेको भन्दै स्थानीयले पटक पटक पुलको माग गर्दै आएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖