सुनसरी र ओखलढुंगाबाट प्रतिबन्धित औषधी सहित तीन जना पक्राउ

विराटनगर, ५ भदौ । सुनसरी र ओखलढुंगाबाट प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरिएको छ ।

हिजो बेलुका सुनसरीको धरान उपमहानगरपालिका १५ कस्तुरी मार्ग स्थितबाट अस्थाई प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका १९ बर्षीय सुनिल मगरलाई प्रतिबन्धित औषधी Tramadol-२०० र Dicolic-२०० ट्याब्लेट सहित पक्राउ गरेको छ ।

हिजै बेलुका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले ओखलढुङ्गाको सिद्विचरण नगरपालिका ११ मिलनचौक स्थितबाट सोही नगरपालिका १२ का २६ बर्षीय सागर के.सी. र ९ का २६ बर्षीय चुरेन्द्र खड्कालाई प्रतिबन्धित औषधी Tramadol -९१ ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका तिनै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖