१४ लाख नगद सहित पर्साबाट दुई जना पक्राउ

पर्सा । पर्सा जिल्ला प्रहरी कार्यालयले वीरगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सूचना संकलन टोलीले बिआर०५एबी ७७६१ र प्रदेश २-०३-००२ प ५५४४ नम्बरका मोटरसाइकलबाट बिहीबार बेलुका हुण्डी कारोबारको आशंकामा दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२ का ३९ वर्षीय सञ्जयकुमार साह र बारा गढिमाई नगरपालिका-४ का ४१ वर्षीय शनिकुमार ठाकुर रहेका छन्। 

मोटरसाइकल रोकेर चेकजाँच गर्ने सिलसिलामा दुबै जनालाई मोटरसाइकलमा लुकाई राखिएको रकमसहित वीरगन्ज महानरपालिका-२ घुसुकपुर इदगाह चोकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। 

उनीहरूको साथबाट १४ लाख १३ हजार ५०० रुपैयाँ बरामद भएको मिश्रले बताए। दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। 

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। हुण्डी कारोबारले प्रचलित बैंक तथा वित्तीय संस्थाको कानुनी रित नपुर्‍याउने हुँदा यसलाई गैरकानुनी मानेर प्रहरीले कारबाही गर्ने गरेको छ। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।